Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ४ धवलागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

धवलागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

,

बागलुङ । धवलागिरि क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । मुस्ताङबाहेक यहाँका तीनै जिल्लामा सङ्क्रमण देखिएको छ । आज बागलुङ, ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कूल सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।

बिहीबार बागलुङमा १०, पर्वतमा चार र म्याग्दीमा एक सङ्क्रमित थपिएका थिए । त्यसअघि बागलुङका आठ, पर्वतका पाँच र म्याग्दीका एक जनामा कोरोना देखिएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङका १९, पर्वतका नौ र म्याग्दीका दुईमा सङ्क्रमण पुष्टि भएको छ ।

तीनै जिल्लामा अहिलेसम्म पत्ता लागेका सङ्क्रमित सबै विदेशबाट आएका हुन् । यस क्षेत्रमा पहिलोपटक गत चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । त्यसको एक सातापछि बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको थियो । दुवै जना चैत ४ मा बेल्जियमबाट आउँदा सङ्क्रमित भएका थिए । उनीहरु कोरोनामुक्त भइसकेका छन् ।

बागलुङ, पर्वत र म्याग्दीमा गरी २८ जनामा अहिले कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । सबै सदरमुकामस्थित अस्पतालका आइसोलेसनकक्षमा उपचाररत छन् । चिकित्सकका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य छ । पछिल्लो समय भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना परीक्षण बढाइएसँगै सङ्क्रमित भेटिन थालेका हुन् । बागलुङमा शुरुमा भेटिएका दुई महिलाबाहेक सबै हालै भारतबाट आएका व्यक्ति हुन् ।

बागलुङमा मात्रै भारतबाट आएका एक हजार ४४९ जना क्वारेन्टिनमा छन् । उनीहरुमध्ये झण्डै ४०० जनाको कोरोना जाँच गरिएको छ । पर्वत, म्याग्दीमासमेत हालै भारतबाट आएकाहरु सयौँको सङ्ख्यामा छन् । भारतबाट आएकामध्ये कमको मात्र कारोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भारतबाट आई क्वारेन्टिनमा बसेका सबैको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।

सङ्क्रमित बढेसँगै आइसोलेसनकक्ष थप्न स्थानीय तह जुटेका छन् । बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालका आइसोलेसन श्यया सङ्क्रमितले भरिएका छन् । आज कोरोना पुष्टि भएका ताराखोलाका सङ्क्रमितलाई पनि सोही अस्पताल ल्याइँदैछ ।

धवलागिरि अस्पतालमा आइसोलेसन श्यया बढाएर २४ पु¥याइने र बाहिर ८५ श्ययाको प्रि–आइसोलेसनकक्ष बनाउने निर्णय भएको प्रमुख गुरौले बताए । उनका अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा ५०, गलकोट, कुश्मीसेरा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२–१२ श्ययाको प्रिआइसोलेन कक्ष बनाइनेछ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

साताका लोकप्रिय समाचार

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

वैशाख २३ गतेदेखि सबै अन्तराष्ट्रिय उडान बन्द,भारतसंग हप्तामा दुई दिन उडान हुने

काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आइतबार साँझ...

विश्वकै छोटो गीतको भिडियो रिलिज

काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन्...

निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु...

ट्रेन्डिङ

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको...

अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ

बनेपा । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८...

गणित समाजद्वारा छात्रवृत्ति प्रदान

काठमाडाै‌ ।  नेपाल गणित समाज केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले १० जना विद्यार्थीलाई नेगस-सिमोन्स छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । नेपालका विश्वविद्यालयहरुमा गणित...

क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन

धनुषा । क्रसर उद्योग सञ्चालकले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ भने नदीजन्य विपद्का...

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधीसभा विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको कांग्रेस नेताहरुले...

जाँदा जाँदै राष्ट्रपति ट्रम्पले दिए ७३ जनालाई सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ...

भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश...

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’आउँदै

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।...

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले...

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई...

युरोपमा कोविड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ । ...

कोरोना संक्रमण अझ बढ्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)