बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु, बहिनी घाइते

काठमाडौं । बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिला सिलवालको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी सवार स्कुटर बससँग ठोक्किदा उनीहरूकाे मृत्यु भएको हो ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो ।

२२ वर्षीया सिलवाल चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी हुन् । चितवनमा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी