त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ऋद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । राहदानी विभाग अगाडि बिसौनीमा पुग्दा भएको आगलागीमा बसका चालक घाइते भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालकलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अन्य मानवीय क्षति यकिन भइसकेको छैन ।

आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ ।

गाडीमा आगो लाग्नुको कारण खुलिसकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी