काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
विभागले २०८३ असार २३ गते प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
विभागका अनुसार जयवीर देउवाको स्थायी ठेगाना डडेलधुरा र हालको बसोबास बुढानीलकण्ठ नगरपालिका–२, काठमाडौँ रहेको उल्लेख गर्दै उनको निवासमा समेत हाजिर हुन आउनुपर्ने सूचना टाँस गरिएको छ।
सूचनामा ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोष भवनमा रहेको विभागको कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई आवश्यक बयान तथा जानकारी उपलब्ध गराउन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सूचनामा उल्लेख छ।
विभागले अनुसन्धानको विषयवस्तु वा अनुसन्धानसँग सम्बन्धित आरोप’bout भने कुनै थप विवरण सार्वजनिक गरेको छैन।
सम्बन्धित समाचार
रास्वपा महाधिवेशनमा ५ वटा प्रतिवेदन
रास्वपाको पदाधिकारी निर्वाचन कार्यतालिका सार्वजनिक, मध्यरातमा मतपरिणाम
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल
बाम दलः मनमा एकता, तनमा दम्भ
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
रास्वपा नेताका आफन्त सरकारी नियुक्तिमा अयोग्य






