सर्लाही। बागमती नगरपालिकाले ३८६ किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ८३ थान मकै रोप्ने मेसिन र ३०३ थान औषधि छिट्ने (स्प्रे) कृषकलाई वितरण गरिएको हो।
किसानका मागअनुसार नगरले ५० प्रतिशत अनुदानमा उक्त उपकरण वितरण गरेको नगरका कृषि शाखा प्रमुख अवधेश झाले जानकारी दिए। ‘‘राष्ट्रिय कृषि आधुनिकीकारण परियोजनाले यस क्षेत्रलाई मकै सुपर जोन घोषणा गरेको छ’’, प्रमुख झाले भने, ‘‘किसानले निकै समयदेखि उक्त उपकरण माग गरिरहनुभएको थियो। सोहीअनुसार रु ४ हजार ९४५ मा मकै रोप्ने मेसिन र रु १ हजार ९१० मा औषधि छिट्ने मेसिन वितरण गरिएको हो।’’
नगरको रु ९ लाख ८५ हजार १६५ लागतमा उपकरण वितरण गरिएपछि किसान उत्साहित भएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)










