रौतहट । रौतहटको ईशनाथ नगरपालिका ३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ ।
औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नपा- १ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध ससुराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट पिठ्युमा गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्याइएकामा चिकित्सकले मङ्गलबार राति मृत्युको घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा लामो समयदेखि ससुराली घर बस्दै आएका साहको मृत्यु भएको हो ।
सम्बन्धित समाचार
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
मधेशको अधिकार र भविष्य’bout सर्लाहीमा छलफल
जङ्गली जनावरबाट पीडितलाई राहत
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह






