वीरगन्ज । मधेश प्रदेशको सुदूरपश्चिममा अवस्थित पर्सा जिल्लामा चालु आर्थिक वर्ष (०८२–०८३) मा झगडियाहरु बढेको पाइएको छ । न्यायालयको सेवा प्रवाहमा चालु आर्थिक वर्ष झण्डै ३ महिना प्रभावित हुँदा समेत पर्सा जिल्ला अदालतमा दर्ता भएका नयाँ मुद्दाको तथ्याँकले यहाँ झगडियाहरु बढेको पाइएको हो ।
गत भदौ २३ र २४ को विनासकारी जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचन ताका अदातलका कर्मचारी उता खटिदा तीन महिना अदालतको सेवा प्रवाह प्रभावित भएको पर्सा जिल्ला अदातलले पनि पुष्टि गरेको छ । तथापि नयाँ मुद्दा दर्ताको संख्या भने गतवर्ष ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष बढेको तथ्याँकले पुष्टि गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभावकर कुमार मल्लिकले राजधानी दैनिकसँग बताए ।
यो भनेको गत आर्थिक वर्ष (आब) ०८१–०८२ को जेठसम्म पर्सा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको तुलनामा चालु आर्थिक वर्ष ०८२–०८३ को सोही अवधिमा ४ सय ४३ वटा मुद्दा बढेको उनको भनाइ छ । गत आबमा सेवा प्रभाहमा कुनै अवरोध थिएन, तर चालु आर्थिक वर्ष भने जेनजी आन्दोलन पछि अढाई महिना जति र निर्वाचनमा अदालतका कर्मचारी खट्दा अदालतको सेवा प्रभाहमा तीन महिना जति प्रभाव रह्यो । यो समयलाई आँकलन गर्ने हो भने चालु आबमा करिब ८ महिना जति मात्र सकृय सेवा प्रवाह भएको अदालतले पनि जनाएको छ । यो अवधिमा पनि पर्सा जिल्ला अदालतमा नयाँ मुद्दा कुल ६ हजार ४ सय १४ वटा दर्ता हुनु पर्सावासीका लागि राम्रो संदेश नभएको तथ्याँकले पुष्टि गरेको छ । जबकी गत आब ०८१–०८२ को समिक्षा अवधि अर्थात साउनदेखि जेठसम्म ११ महिनामा कुल ५ हजार ९ सय ७१ वटा मात्र मुद्दा दर्ता भएका थिए ।
चालु आर्थिक वर्षका लागि लगत सरेर आएका ५ हजार ३ सय ९१ र नयाँ ६ हजार ४ सय १४ गरी कुल ११ हजार ८ सय ५ वटा मुद्दा मध्ये चालु आबको जेठ महिनासम्ममा पर्सा जिल्ला अदालतले ५१ दशमलब ८ प्रतिशत मुद्दा पनि फैसला गरिसकेको श्रेस्तेदार मल्लिकले पुष्टि गरे । अदालतले चालु आबमा मुद्दा फछ्र्यौटको ६० प्रतिशत लक्ष्य राखे अनुसार तीन महिना सेवा प्रवाहमा सकस हुँदा पनि आर्थिक वर्षभरी ५७–५८ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने गरी सेवा प्रवाह भइरहेको उनको दावी छ ।
पुराना मुद्दा फछ्र्यौटमा जोड
दुई वर्ष नाघेका मुद्दा पनि अघिल्लो वर्षको तुलनामा पर्सा जिल्ला अदालतले १ सय ३० वटा बढि फछ्र्यौट गरेको भेटिएको छ । यो भनेको गत आबमा दुई वर्ष नाघेका मुद्दा ४ सय १४ वटा फछ्र्यौट भएका थियो । तर चालु आब ५ सय ४४ वटा मुद्दा समिक्षा अवधिमा फछ्र्यौट भएको पर्सा जिल्ला अदालतको तथ्याँकले पुष्टि गरेको छ ।
त्यस्तै गरी बाँकी रहने मुद्दा तर्फ पनि पर्सा जिल्ला अदालतले अघिल्लो वर्षको तुलनामा थोरै मात्र मुद्दाको लगत सर्ने गरी फछ्र्यौटलाई तिब्रता दिएको भेटिएको छ । यो भनेको गत आर्थिक वर्ष साउनदेखि जेठसम्म ११ महिनामा कुल ५ हजार ८ सय ४ वटा मुद्दाको लगत चालु आर्थिक वर्षका लागि सरेको थियो । तर चालु आबको साउनदेखि जेठसम्मको ११ महिना अर्थात सोही अवधिमा त्यो लगत सर्ने तथ्याँक पनि कुल ५ हजार ६ सय ९३ वटा मात्र रहेको अदालतको तथ्याँकमा भेटिएकोे छ ।
फछ्र्यौट कुल ६ हजार ४ सय १४
पर्सा जिल्ला अदालतले चालु आबको ११ महिनामा फैसला गरेका मुद्दाहरु मध्ये अघिल्लो वर्ष जिम्मेवारी सरी आएका ५ हजार ३ सय ९१ बाट ३ हजार ७ सय ४ र नयाँ दर्ता भएको कुल ६ हजार ४ सय १४ मध्येबाट २ हजार ४ सय ८ गरी कुल ६ हजार १ सय १२ वटा फछ्र्यौट भएको पाइएको हो । पूर्वाधारको अपर्याप्तता र जनशक्तिको कमीका वावजुध पनि बिषम परिस्थितिमा पर्सा जिल्ला अदालतले उक्त मुद्दाको फछ्र्यौट गर्न सकेको जिल्ला अदालत पर्साले दावी गरेको छ ।
दुई वर्ष नाघेका ३२२ मुद्दा
मुद्दाको चाप, कर्मचारी अभाव र पुरानै संरचनाका बीच सकृय कार्य सम्पादन गर्दा पनि पर्सामा जेठसम्मको फछ्र्यौटको अवस्थाले २ वर्ष नाघेका मुद्दा अझै ३ सय २२ वटा रहेको अदालतका श्रेस्तेदार मल्लिकले जनाए । अघिल्लो वर्षको सोही अवधिमा पनि दुई वर्ष नाघेका मुद्दा संख्या ३ सय २० थियो । चालु असार महिनाको कार्य सम्पादनले भने अघिल्लो वर्षको तुलनामा तथ्याँकमा निश्चितरुपमा लगत न्यूनिकरण हुने कार्य सम्पादन भइरहेको पनि पर्सा जिल्ला अदालतका श्रेस्तेदार मल्लिकको दावी छ ।
सम्बन्धित समाचार
धनगढीमा खानेपानी संकट, स्याउलेमा दमकल र ट्यांकरबाट पानी वितरण
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान
किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग
प्रशासकीय अधिकृत वेपत्ता भएपछि मन्त्रालयलाई सहजिकरण गरिदिन मौलापुर नगरपालिकाको अनुरोध
बागलुङमा कुकुरलाई ‘होस्टेल’
मानवअधिकार सुधार गर्न नेपालको नयाँ प्रतिबद्धता
देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा
मधेशको अधिकार र भविष्य’bout सर्लाहीमा छलफल






