माकलबारीमा अक्सिजन सिलिन्डर पड्किँदा पैदलयात्रीको मृत्यु

फाइल तस्बिर

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा बिहीबार बिहान अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा प्र ०६–००१ झ ००१७ नम्बरको गाडीमा रहेका दुईवटा फायर एक्स्टिङ्गुइशर र एउटा सानो अक्सिजन सिलिन्डर एक्कासी पड्किएका थिए ।

त्यसक्रममा पैदलयात्री बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो । तर, बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी पवनकुमार भट्टराईले बताए ।

घटनाको थप कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर