Saturday, July 11, 2020
Home सौजन्य लकडाउन बन्यो मग्न मनहरुको सडक

लकडाउन बन्यो मग्न मनहरुको सडक

साँझको समय । चिल्लो कालोपत्रे सडक । जेठको प्रचण्ड गर्मी । गर्मीबाट राहतको खोजीमा ३ वर्षको साना बालबालिकादेखि तन्नेरीहरुको एक झुण्ड मुखमा मुखौटो लगाएर सडकमा निस्कन्छन् । यस बेलासम्म वातावरणमा सितलता आईसकेको हुन्छ । सोसल डिस्टेन्सलाई परिपालना गर्दै १० बर्षे एरियाना ढुङ्गेल इनलाइन स्केट र हेलमेटमा विस्तारै सडकमा गुड्न थालिन् । अर्का ३ वर्षे एरिन् ढुङ्गेल पनि आमाको साथमा साना खुट्टाले फुटवल खेल्न थाले । ९ वर्षे सुलक्षण ढुङ्गेल,७ वर्षे क्रिस्टल पौडेल, १०बर्षे आदित्य ढुङ्गेल र ९वर्षे प्रसुन ढुङ्गेल चौर पट्टीको भागमा जिम्यास्टीक हान्दै थिए । स्वफुर्त मग्न मनहरुले खेलेको खेल हेर्दा मानौ यस स्थानमा लकडाउन ‘नो टेन्सन’ ।

फेरी त्यही माथिबाट दिपेन्द्र खरेल इनलाइन स्केटमा बेग संग आए । संगसंगै मनोज आचार्य हात छोडेर साईकिङ्गमा अनलिमिटेड स्पिडमा हुईकिदै थिए । नविन ढुङ्गेल पनि स्केटबोर्डमा घाप्टो परि सुतेर हावासंगै गुडेको भावमा मग्न थिए । यि तमाम कृयाकलापहरुको भिडियो क्यामरामा कैद गर्न सुदन ढुङ्गेललाई हम्मेहम्मे पर्दै थियो । सुदनलाई यि दृश्यहरु कैद गर्न अगाडी अगाडी मोटर साईकल चलाएर अजय ढुङ्गेल साथ दिदै थिए । उता अनुप आचार्य पनि उक्त दृश्यहरु मोवाइलमा कैद गर्न हौसि रहेका थिए । माहोल एका एक अनौठो भएर आयो । त्यसैले होला धेरै इभिनिङ्गवाक गर्ने जनसमुदायहरु टक्क उभिएर रमिता हेर्न थाले । सबैको मनमा यो के गर्न लागिएको हो भन्ने कौतुहलता लाग्यो । कसैले सुटिङ्गको तर्क काटे । हेर्दा कुनै विकसित देशको शहरको सडकमा खेलिएको खेल जस्तो । तर यथार्थता भने यि सबै खेलहरु ‘लोकल स्टन्ट’ व्यायम थियो ।

घर भित्र कहिले टि.भि.,कहिले आफ्नै आई टि को काम ,कहिले सामाजिक संजाल सधै यही गर्दा दिक्क लाग्छ । कहिले बेलुकाको ५बज्छ र घर बाहिर निस्केर त्यही सडकमा जाउँ जस्तो लाग्छ

कागेश्वरी मनोहरा न.पा. वडा नं ६ काठमाडौं ढुङ्गेल गाउँको यस सडकमा आजकाल यस्ता रमाईलो खेलहरु देखिन थालेको छ । ‘कोरोना (कोभिड १९)का कारण नागरिकहरुको जिवन रक्षा गर्न सरकारले लकडाउन गरेपछि स–साना बालबालिकाहरु ,स्कूल जाने उमेर समुहका बालबालिका र उच्च शिक्षा अध्ययन गरिरहेका तन्नेरीहरू घर भित्र बस्न बाध्य भएका छन । उनीहरुको मानसिक र शारिरीक तनाव हटाउन दिनको एक दुई घण्टा भए पनि यस्ता खेलले मद्दत मिल्ने गरेको छ । त्यसैले आफ्नो बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर जान दिने गरेको सो वडाबासी समाजसेबी सरोज ढुङ्गेल बताउँछन । ’

विं.सं.२०७६ सालमा यस नगर पालिकाको वजेटमा कालोपत्र गरिएको उक्त सडकमा यस वडा र छिमेकी बडाका सबै उमेर समूहका मानिसहरुलाई जगिङ्ग गर्ने, खेल्ने, साइलिङ्ग र आराम गर्ने थलोको रुपमा चिनिन थालेको छ ।
‘घर भित्र कहिले टि.भि.,कहिले आफ्नै आई टि को काम ,कहिले सामाजिक संजाल सधै यही गर्दा दिक्क लाग्छ । कहिले बेलुकाको ५बज्छ र घर बाहिर निस्केर त्यही सडकमा जाउँ जस्तो लाग्छ । त्यस समयसम्म प्राय सबै गाउँका साथीभाईहरु त्यहाँ पुग्छन । सोसियल डिस्टन्स कायम गरेर आफु पनि खेल्ने र साना साना भाईबहिनहरुलाई खेल्न सिकाउँदा धेरै आनन्द आउँछ ।’ अनि दिनभरको तनाव पनि नरहने तर्क गर्छन सामाजिक युवा अभिन्यता अरुण ढुङ्गेल । आफुलेनै यस ठाउँमा यस्तो खेलको सुत्रपात गरकोले नै आज सबैले सिक्ने मौका पाएको उनको दावी छ ।

‘गाडीको चहल पहल न्यून, फराकिलो सडक । हरियाली र स्वच्छ वातावरणले अन्य ठाउँको तुलनामा यस ठाउँको प्रदुषण निकै कम भएको वातावरण इन्जिनियर द्धारिका फुयालको बताउँछन । ‘त्यसैले सधै यस ठाउँमा मनिङ्ग वाक र इभिनिङ्ग वाक गर्न आउने गर्दछु ।’ उनले भने । यहाँ आउँदा आनन्द आउने र भाईबहिनीहरुले अनुशासिसत रुपमा अन्तराष्ट्रिय स्तरको खेलिने खेलको निखारता देखेर अचम्भित भएको तर्क गर्छन् । यस्तो खेलले संपूर्ण भाईबहिनीहरुको शारिरीक र मानसिक विकास हुने र यस्ता खेलले अन्य वडाका भाईबहिनीहरुलाई पनि प्रेरणा हुने इन्जिनियर फुयाँल दावी गर्छन ।’

भर्खरै बसन्तले छाडेर गएको हरियाली । ग्रिष्मको घाम अनि वर्षाको मलजलले अझ हरियाली बनाएकोे सडक संगै जोडिएका पाखो र नजिकै रहेको हरियो वन । घामको अन्तिम प्रहर त्यही प्रकृतिमाथि स्पर्स गर्दा साच्चैको आहा प्रकृती ! कसको मन हर्षित नहोला र ? त्यहि प्रकृतीको उमङ्गले मग्नमनहरु खेललाई डवल स्टन्ट दिन आतुर हुन्छन ।

आज सन्ध्याको अन्तिम प्रहर फुटबलको विभिन्न रुपको कुसलता प्रर्दशन गरिरहेका ,सदिस ढुङ्गेल ,आयुस ढुङ्गेल,संस्कार ढुङ्गेल,सक्षम पौडेल पनि थाकेका देखिन्छन । सुभेक्षा ढुङ्गेल र अग्रिमा ढुङ्गेल पनि स्केटबोर्ड सिक्दा सिक्दा थाकिसके । छोई डुम खेल्नेहरु पनि थाक्दै जान थाले । खेल खेलेर थाकेका तनहरु फेरी सडक छेउपट्टीको भागमा बसेर रमाईलो गर्न थाल्छन । सोसल डिस्टेन्सको नियम पालना गरेर पहिला कोरोनासंग बच्न प-यो । अनि मात्र खेलका समिक्षा अनि मात्र रमाईलो । प्रसान्त ढुङ्गेल, सदिच्छा ढुङ्गेल, युनिसा ढुङ्गेल , संस्कृती ढुङ्गेल, र आर्यन ढुङ्गेल लगायतका खेलाडीहरु रमाइलो प्यारोडी गीत गाउँछन । गीत सुनेर ऋषिराम ढुङ्गेल यसरी हास्छन । उनको हाँसो सुनेर गाउँवरपरका केके न भयो भनेर कान टाँठा राख्दै थिए । यस बेलासम्म झक्मे साँझका झ्याउकिरि कराउन थालिसकेका हुन्छन् । अव बाँकी खेल भोली ।

(Visited 447 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

ई-पेपर

(Visited 39 times, 1 visits today)