काठमाडौं । लगातार आफ्ना पाँच वटा चलचित्र व्यावसायिक रूपमा असफल भएपछि अभिनेता विशाल पोखरेल चलचित्र अभिनयबाट टाढा भएका थिए । २०७१ पछि चलचित्रको अभिनय छाडेर वृत्तचित्र निर्देशनमा लागेका उनी एक दशकपछि फेरी चलचित्र अभिनयमा फर्किए । यिनै अभिनेताको नयाँ चलचित्र ‘भागदौड’ आज शुक्रवारबाट चलचित्र घरहरूमा रिलिज भएको छ ।
असारमा चलचित्र घरमा नेपाली चलचित्रहरू थिएनन् । वितरक र हल सञ्चालकहरूले नै सबै हल खाली भएका कारण आफ्नो चलचित्र रिलिजको लागि अनुरोध गरेपछि ‘भागदौड’लाई हतारमा रिलिज गरेको यी अभिनेताले बताए । यी अभिनेताको गत वर्ष मात्र चलचित्र ‘झिल्को’ रिलिज भएको थियो । सो चलचित्रले ठिकठिकै व्यापार गरेको थियो । अभिनय छाडेको एक दशकपछि चलचित्रमा फर्किएका विशालले पहिलो ‘भागदौड’ र त्यसपछि ‘झिल्को’मा अभिनय गरेका थिए । ‘झिल्को’ गत वर्ष नै रिलिज भए पनि ‘भागदौड’ बल्ल चलचित्र घरमा आएको उनले बताए ।
२०६५ साल तिर कलाकार विशाल पोखरेल विभिन्न टेली श्रृंखलामा अभिनय तथा नृत्य सम्बन्धी रियालिटी ‘छमछमी’ सञ्चालनबाट निकै लोकप्रिय थिए । त्यो चर्चाले २०६७ मा चलचित्र ‘भैहाल्छ नी’मा उनले डेब्यु गरेका थिए । अग्रज केसी निर्देशित यो चलचित्र हिट भएपछि विशालले लगातार २ वर्ष भित्र ५ वटा चलचित्रमा अभिनय गरे । उनले त्यति बेला अभिनय गरेका ‘दबदबा’, ‘नतिजा’, ‘रोमान्स’, ‘रथ’ लगायतका चलचित्रहरू व्यावसायिक रूपमा असफल भएका थिए । उनको अर्को चलचित्र ‘एक’ पनि रिलिज भएन । यही कारण २०७२ पछिबाट आफू करिब एक दशक चलचित्र अभिनयबाट बाहिर रहेको उनले बताए ।
आफ्नो बुबा विनोद पोखरेल दाङका गोरक्ष दैनिकका पत्रकार र दाइ विपुल पोखरेल नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भएका कारण विशालले सुरुमा टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरे । एकाएक चलचित्रमा प्रस्ताव आएपछि अभिनय’bout राम्रो ज्ञान नहुँदा पनि काम गरेका कारण व्यावसायिक असफलता भोग्नु परेको उनले बताए । चलचित्र छाडेर केही वर्ष रंगमञ्चमा काम गरेपछि उनलाई चलचित्रमा फर्कने हौसला मिलेको रहेछ ।
एक दशक पछि चलचित्रको अभिनयमा फेरी फर्कनुको कारण’bout उनले भने,‘मलाई निर्देशक हिमाल उप्रेतीले चलचित्र भागदौड र यादब भट्टराईले चलचित्र झिल्कोमा मुख्य भूमिकामा प्रस्ताव गर्नु भयो । उहाँहरूले नै चलचित्रमा मलाई पुन फर्काउनु भएको हो ।’
विशालले चलचित्र ‘भागदौड’मा आबद्ध हुनुको अर्को कारण’bout यसरी प्रकाश पारे,‘सानै देखि प्रहरी वा आर्मी बन्ने मेरो चाहना हुँदा हुँदै पनि बुबा र दाइको प्रेरणाले टेलिभिजन पत्रकारितामा आएँ । सोही कारण बर्दी लगाउने चाहना त्यति बेला पुरा हुन सकेन र भागदौडमा प्रहरी अधिकृतको भूमिका पाएपछि त्यो बाल्यकालको बर्दी लगाउन सपना पुरा गर्न यसमा जोडिएको हुँ ।’
हतारमा रिलिज गर्नु परेका कारण चलचित्र ‘भागदौड’को प्रचार प्रसार तीव्र नभए पनि चलचित्रको कथा प्रभावशाली रहेको यी अभिनेताको कथन छ । यो चलचित्रमा आफू, घनश्याम जोशीसहित अधिकांश रंगमञ्चका कलाकार भएका कारण अभिनयमा कुनै कमजोरी नभएको पनि विशालले दाबी गरे । सामाजिक जनराको यो चलचित्र पूर्ण हास्य प्रधान भएकाले दर्शकले हेरुन्जेल यसबाट भरपुर मनोरञ्जन लिने पनि उनले बताए ।
यति बेला चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितको निर्देशनमा बनिरहेको पोलिटिकल क्राईम जनराको चलचित्र ‘ग्रेटर’मा शीर्ष भूमिका निर्वाह गरिरहेका विशालले वृत्तचित्र निर्देशनलाई भने छाडेका छैनन् । समय निकालेर रंगमञ्चमा पनि प्रस्तुत हुने क्रमलाई अघि बढाएका छन् । तर अहिले पनि चलचित्र ‘भागदौड’को रिलिजको भागदौडमा निर्माताहरू विश्वराम विष्ट, भूपेन्द्र कुमार खड्कासँग व्यस्त रहेको उनले बताए । चलचित्र ‘भागदौड’ आजबाट मुलुकका करिब ६० वटा चलचित्र घरमा रिलिज भएको छ । यसमा विशालसँगै घनश्याम जोशी, अनिशा श्रेष्ठ, सारा राई, शेखर चापागाईँ, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुभाष तिमिल्सिनालगायतको अभिनय छ ।
सम्बन्धित समाचार
ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज
‘धुरन्धर’को डिजिटल रिलिज अदालतबाट खुल्ला
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘पार्वती’को रत्यौली गीतमा दीपाश्रीको छेडखानी
अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
हलिउड गायिका टेलर र फुटबल खेलाडी ट्राभिसले गरे विवाह
चलचित्र निर्माणमा उत्रिए यी संगीतकार






