काठमाडौं । सर्लाहीका एक युवकले आफ्नै शरीमार पेट्रोल छर्केर आगो लगाएका छन्।
शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र पौडेलले बताए । ‘आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन्,’ एसपी पौडेलले भने, ‘उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाएका छौँ।’
पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन। अहिले उपचारमा ध्यान दिएको र कारण खुल्न बाँकी रहेको एसपी पौडेलले बताए।
उनको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए। सिंहले हेलिकप्टर पठाउने व्यवस्था हुन लागेको जनाएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)
सम्बन्धित समाचार
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा पुन: सञ्चालन गर्ने
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
संवैधानिक परिषद्को बैठक बस्दै
सरकारी कार्यालय खाली गर्न तीनदिने अल्टिमेटम
टेक्सासमा गोली लागेर एक नेपालीको मृत्यु, अमेरिकी सेनाले शव नदिएको पीडितको गुनासो
सिंहदरबार परिसरकै गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक’






