लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा

काठमाडौं । लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ ।

लगातारको वर्षाका कारण चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू डुवानमा परेको छ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ ।

वर्षाका कारण चितवन भरतपुर आसपासका क्षेत्रहरू डुबानमा परेको हो । वर्षाका कारण नारायणी नदीको सतह बढेको छ ।

त्यस्तै वर्षाका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ । तर माथिबाट ढुङ्गाहरु झरिरहेकाले जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा सहभागी