दुर्गेशले प्रियंकालाई किन दिए ८ लाखको गीत उपहार ? यस्तो छ कारण

काठमाडौं । मंगलवार ललितपुरको लविम मल स्थित क्युएफएक्स सिनेमामा चलचित्र ‘मास्टर्नी’को गीतको प्रिमियर थियो । यो गीतका रचनाकार, संगीतकार र गायक दुर्गेश थापा थिए । समारोहमा चलचित्र ‘मास्टर्नी’की अभिनेत्री एवम् निर्माता प्रियंका कार्की मञ्चमा थिइन् । समारोहमा प्रवेश गर्नासाथ गायक तथा मोडल दुर्गेश थापाले प्रियंकाको शिरमा तीन ढाकी फुल गुच्छा खन्याए ।

फुल गुच्छाले आफूमाथि वर्षा गरेको दृश्य अभिनेत्री प्रियंकालाई निकै रमाइलो लाग्यो । चलचित्रको गीत प्रिमियरमा बधाई दिने दुर्गेशको यो नयाँ तरिका सबैलाई रमाइलो लाग्यो । कार्यक्रममा दुर्गेशले यो तरिका’bout भने,‘मेरो प्रिय साथीले चलचित्र निर्माण गरेका कारण कसरी बधाई दिने भन्ने ’bout यो नयाँ तरिका फु¥यो । त्यसैले तीन डालो फुलले शिरदेखि पाउसम्म वर्षा गराएर यो बधाई दिएको हुँ । ’

अभिनेत्री प्रियंकालाई चलचित्र ‘मास्टर्नी’को लागि गीतकार संगीतकार एवम् गायक दुर्गेशले शीर्ष गीत ‘मास्टर्नी’ उपहार दिएका हुन् । सम्पूर्ण खर्चमा गीत तयार गरेर चलचित्रको लागि नयाँ गीत दुर्गेशले दिँदा अभिनेत्री प्रियंका भावुक भइन् । यो गीत रेकर्ड र यसको भिडियो तयार गर्न करिब ८ लाख रुपैयाँ खर्च भएको उनीहरूको कथन छ । यति मात्र हैन, एउटा कन्सर्टको दुई लाख रुपैयाँ पारिश्रमिक लिने दुर्गेशले प्रियंकाको चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि मोफसलका आधा दर्जन सहरमा गरिने कन्सर्टमा यो गीत विना पारिश्रमिक प्रस्तुत गर्नेछन् । जसमा उनले करिब १२ लाख रुपैयाँ पारिश्रमक पाउने कन्सर्ट निःशुल्क गर्ने घोषणा गरेका छन् ।

समारोहमा अभिनेत्री एवम् निर्माता प्रियंकाले भनिन्,‘जीवनमा मलाई दुर्गेशको धेरै गुण छ, त्यसैले दुर्गेशको लागि ज्यान दिन सक्दिन, त्यो बाहेक जे पनि सहयोग गर्न म तयार रहने छु ।’

अभिनेत्री प्रियंका कार्की र गायक एवम् मोडल दुर्गेश थापाका यस अघि ‘दुस्मन हेरेको हे¥यै’ गीतबाट सहकार्य भएको थियो । सो गीतको लागि प्रियंकाले आफूलाई पूर्ण रूपमा सहयोग गरेको गायक दुर्गेशले बताए । हालसम्म १७ करोड भन्दा बढी पटक युट्युबमा हेरिएको यो गीतले आफूलाई युट्युबको ग्लोबल ट्रेन्डिङमा पु¥याएको पनि गायक दुर्गेशले स्मरण गरे । यो गीतको भिडियो सुपर हिट हुनुमा प्रियंकाको पनि त्यत्तिकै ठुलो योगदान रहेको उनको कथन थियो । सोही कारण यति बेला चलचित्र चलचित्र ‘मास्टर्नी’को लागि आफूले प्रियंकाले शीर्ष गीत नै तयार गरेको दिएको उनले स्पष्ट पारे ।

आगामी ५ भदौमा रिलिज हुने प्रियंकाको यो चलचित्रको ‘प्रोमोसन गीत’को रूपमा दुर्गेश थापा अफिसियल च्यानलबाट यो गीत रिलिज गरिएको छ । गीतमा दुर्गेशलाई बबिना किरातीले स्वरमा साथ दिएकी छिन् ।

गीतको भिडियोमा प्रियंका कार्कीसँगै, दुर्गेश थापा, आयुष्मान जोशी, आर्यन सिग्देलको अभिनय रहेको छ । जसमा पवन सुस्लिङको छायांकन, सम्पादन रहेको छ । गीतको भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रियंका कार्कीसँगै, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्लेलगायतका कलाकारको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबारबाट अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित सात जना पक्राउ