काठमाडौं । कार्यक्रम “कथा आफ्नो आफ्नो ” पहिलो पटक नेपालमा अनलाइन मार्फत बिश्वब्यापी लघुकथा सम्मेलन आयोजना हुदैछ। क्रायक्रम “कथा आफ्नो आफ्नो ” को रूपमा जेठ ३० गते शुक्रबार दिउँसो १:00 बजेदेखि प्रत्यक्ष प्रसारण हुदैछ । यस कार्यक्रममा देश भित्रबाट सुनसरी, काठमाडौँ ,भक्तपुर, गुल्मी , बिराटनगर, धनगडी, ललितपुर, ओखल्ढुङ्गा र विदेश बाट अमेरिका, भारत, बेलायतबाट थुप्रै विशिष्ट कथाकारहरुको उपस्थिति रहने छ।
कार्यक्रम “कथा आफ्नो आफ्नो” साहित्यमा रुचि राख्ने युवा वर्गलाइ एउटै थलोमा डिजिटल माध्यममार्फत लेखकसंग जोडिने र आफुले रचना गरेका कथा सुन्ने र सुनाउने एउटा नौलो आध्यायेको सुरुवात गरिएको बिश्वोब्यापी कार्यक्रम संयोजक दिपेन दाहालले बताए । लघुकथा गद्य कथाको एक टुक्रा हो जुन सामान्यतया एकै बैठकमा पढ्न सकिन्छ र “एकल प्रभाव” लाई जगाउने अभिप्रायले स्व-निहित घटना वा लिइङ्क गरिएका घटनाहरूको श्रृंखलामा केन्द्रित छ।
लघुकथामा, कथानक वातावरण र पात्र सूक्ष्म हुन्छन्। २५० र ३०० शब्दहरू बीच लेखिएका लघुकथाहरू मानक छोटो कथा हुन्। लघुकथाको सुरूवात घटनाको शुरुवात हो, यो मध्य भागमा विकसित हुन्छ र यसको एक चमत्कारी अन्त हुन्छ। लघुकथामा नैतिकता एक संक्षिप्त र मजबूत तरिका मा दिइएको हुन्छ, त्यसैले यस लकडाउनको घडीमा युवा वर्ग लाइ आफ्नो सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने हेतुले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो भनि, बिश्वोब्यापी कार्यक्रम संयोजक दिपेन दाहालले बताए ।

कार्यक्रम “कथा आफ्नो आफ्नो” भब्य रुपमा सफल बनाउन देशभरि बाट प्रदेश स्तर्य संयोजक चयन गरिएको छ यसका लागि प्रदेश १ बाट जेविस बिष्ट, रोशनी बास्तोला र क्रिशल फुयाल प्रदेश २ बाट शशि राज झा, स्नेह भट्ट, दिलाशा सिंह ठकुरी र कृति झा प्रदेश ३ बाट आयुष भट्टराई र प्रसंक उप्रेती प्रदेश ४ बाट अनिश लामिछाने र कृति पाण्डे प्रदेश ६ बाट सौरव रिजाल अनि प्रदेश ७ बाट प्रेस्था खनाल संयोजकको जिमेवारी दिएको छ।
जेभियर इन्टरनेशनल कलेजद्वारा प्रस्तुत कार्यक्रम “कथा आफ्नो आफ्नो” (विश्वोव्यापि लघुकथा सम्मेलन), जेभियर युथ रेडक्रस सर्कल, जेभियर लिटेचर क्लब, म्यानेजमेन्ट क्लबले आयोजना गरेको छ भने,सम्बन्धित् सङ्गठन एसएमटी ग्लोबल र गुडफेल्स : वेभभिंग स्टोरिज अफ सोसाइटी रहेको सो कार्यक्रम मा अन्तरास्ट्रिय साथ् डाइनामिक बुनाको रहेको छ साथै सन्चार साथमा फेयरवर्ड डेली, राजधानी डेली र कान्थिपुर छन् भने युवा साथ सियफेल र शिक्षा पोर्टल को रुपमा मेरो स्पार्क रहेका छन्।







