पारिश्रमिक बढाउन आईसीसीसमक्ष प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीको पारिश्रमिक वृद्धिका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग माग गर्ने निर्णय गरेको छ । क्यानको शनिबार बसेको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको पारिश्रमिकमा हरेक ग्रेडमा १० हजार रुपैयाँ वृद्धि गरी पठाइदिनको लागि आईसीसीमक्ष प्रस्ताव गर्ने निर्णय गरेको हो ।

क्यान निलम्बन भएको बेलादेखि नै आइसीसीले नेपाली खेलाडीलाई तीन ग्रेडमा विभाजन गरेर पारिश्रमिक पठाउँदै आइरहेको छ । क्यानले सेन्ट्रल कन्ट्रयाकको नयाँ लिस्ट सार्वजनिक गर्नुअघि तलब बढाउन प्रस्ताव गरिएको हो । अहिले ग्रेड ‘ए’मा रहेका खेलाडीले ३५ हजार ग्रेड ‘बी’मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’मा रहेका खेलाडीले १५ हजारका दरले पारिश्रमिक पाउँदै आएका छन् । क्यानले पुरुषतर्फ २४ र महिलातर्फ १८ खेलाडीको सेन्ट्रल कन्ट्रयाक गर्ने निर्णय गरिसकेको छ । महिला क्रिकेटरको पहिलोपटक सेन्ट्रल कन्ट्रयाक हुन लागेको हो ।

यस्तै, क्यानले खेलाडीको प्रशिक्षणका लागि सरकारको निर्णय पर्खिरहेको बताएको छ । कोरोना र देशव्यापी लकडाउनका नेपाली खेलकुद चैत पहिलो सातादेखि स्थगित रहँदा क्रिकेट टोलीले पनि प्रशिक्षण गर्न पाएका छैनन् । कारण १५ असारपछि प्रशिक्षण पुनः फेरि सुरु गर्नका लागि सरकारसंग अनुमति माग्ने निर्णय भएको हो । आईसीसीले पनि क्रिकेट विश्वकप लिग २ स्थगित गरिसकेको छ ।

नेपालले प्रतिस्पर्धा गर्ने तीन ट्राइ सिरिज पनि स्थगित छ । यस्तै, क्यानको भर्चुअल बैठकले प्रदेश संरचनालाई ध्यानमा राख्दै सातै प्रदेशमा एक-एक जना प्रशिक्षण राख्ने प्रस्तावसमेत गरेको छ । यस्तै, यसैगरी विदेशी प्रशिक्षक नियुक्तिका विषयमा पनि छलफल भइरहेको र अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने