हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो ।
प्रहरीका अनुसार हेटौंडा–देउराली–कुलेखानी–फर्पिङ सडकखण्डमा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
त्यस्तै, कान्तिलोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ ६ बजेदेखि हेटौंडाको चौघडा बजारमा रोकिएको छ। बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु
सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान
सरकारले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने






