काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ ।
बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)






