चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ । वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास
‘सञ्चारमाध्यमलाई त्रसित पार्ने प्रयास अस्वीकार्य’
२५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ मा ‘रेडियो कलर’ जडान
धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युटुबर पोखरेल थुनामा






