सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको आरोपसँग सम्बन्धित घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुसन्धानका क्रममा संलग्न देखिएका प्रदीप भट्टराई (४०), किशोरलाल गच्छदार (३०) र अविरल मास्के (३५) लाई आइतबार बिहान करिब १० बजे नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको खुलेमा कानुनबमोजिम थप कारबाही गरिने जनाएको छ।
डीएसपी तथा प्रवक्ता मिश्रले अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित ढंगले अघि बढिरहेको उल्लेख गर्दै अपुष्ट सूचना, अफवाह वा अनुसन्धानलाई प्रभावित पार्ने किसिमका टिप्पणी तथा सामग्री सामाजिक सञ्जालमा नफैलाउन सबैमा आग्रह गरेका छन्।
विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहारको घटनाले स्थानीय समुदायमा गम्भीर चासो सिर्जना गरेको छ। यसअघि विद्यालयले पनि अनुसन्धानलाई सहज बनाउन आरोप लागेका कर्मचारीलाई निलम्बन गरेको जनाएको थियो। अब प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
स्कारपिओ दुर्घटना हुँदा विद्युत् प्राधिकरणका २ कर्मचारीको मृत्यु
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा
नेपाल सरकारको मुख्य सचिवमा कार्की नियुक्त
बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ






