काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रस्थित एक गेस्ट हाउसको कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ३० वर्षभन्दा कम उमेरकी निशा सुनारको शव गेस्ट हाउसको कोठाभित्र भेटिएको हो ।
गेस्ट हाउस सञ्चालकले कोठाबाट अस्वाभाविक गन्ध आएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि पुगेको प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
मृतक सुनारको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)
सम्बन्धित समाचार
बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ व्यक्ति सार्वजनिक
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद सजाय
२५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ मा ‘रेडियो कलर’ जडान
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
बाटो खुलाउने प्रयास जारी, पृथ्वी राजमार्गमा कहिले चल्छ सवारी ?






