काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा सकारात्मक गति कायम रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ सय अंक पार गरेको छ ।
शुक्रबारको कारोबारमा ७९ अंकले बढेको बजार सोमबार थप ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भएको हो । लगातार दुई कारोबार दिनमा नेप्से १२० अंकभन्दा बढी उकालो लागेको छ ।
सोमबारको वृद्धिपछि नेप्से परिसूचक २ हजार ७१९ अंकमा पुगेको छ । यो विन्दु पछिल्लो एक महिनाकै उच्च स्तर हो । यसअघि जेठ २९ गते नेप्से २ हजार ७२४ अंकमा पुगेको थियो ।
कारोबार अवधिभर अधिकांश समय बजार सकारात्मक अवस्थामा रह्यो । दिनको अन्त्यमा कायम भएको नेप्से अंक नै सोमबारको उच्चतम विन्दु बनेको छ । यससँगै बजार लगातार पाँच कारोबार दिनदेखि बढ्दो क्रममा रहेको छ ।
बजारमा कारोबार रकमसमेत वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री र निर्माण ब्यावसायी बिच छलफल
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
बिलिङ सिस्टमसम्बन्धी मुद्दाका सबै प्रतिवादी निर्दोष
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल
पोखरेली जेठोबुढो चामल: चर्चा र माग बढ्यो, उत्पादन निराशाजनक
सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४३ करोडको बजेटमध्ये २० अर्ब ८३ करोड मात्रै खर्च
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
अनियमित खर्चको बिगबिगी, स्याङ्जाका पालिकाहरूमा कानुनविपरीत खर्च






