बौद्धमा महिलाद्वारा आत्मदमाह प्रयास, कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार जारी

फाइल तस्बिर


काठमाडौं । काठमाडौंको बौद्धस्थित माकलबारीमा खाजाघर सञ्चालन गर्र्दै आएकी एक महिलाले आत्मदाह प्रयास गरेकी छिन् ।

काभ्रेको तिमाल स्थायी घर भई बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् । उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटना भएलगत्तै उनलाई गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । स्थित गम्भीर भएपछि कीर्तिपुर लगिएको हो ।

प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको अवस्थामा उनका श्रीमानले फेला पारेका थिए । गुरुङ बौद्धमै खाजा घर चलाउने गर्दछिन् ।

गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ । उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् ।
आत्मदाह प्रयासको कारण खुलेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी