तयारी पोसाक उद्योग पुनरुत्थान र निर्यात प्रवर्द्धनमा सरकारले पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले तयारी पोसाक उद्योगले सामना गरिरहेका समस्या समाधान गर्दै यस क्षेत्रको उत्पादन र निर्यात क्षमता विस्तारका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग क्षेत्रका समस्या समाधान तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्रीले नेपाली तयारी पोसाक उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावना’bout जानकारी लिएको संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए। उनका अनुसार सन् २००५ अघिको अवस्थाजस्तै नेपाली तयारी पोसाक क्षेत्रलाई पुनः सक्रिय बनाउने र अर्थतन्त्रमा यसको योगदान बढाउने विषयमा छलफल भएको थियो।

उद्योग क्षेत्रसँग सम्बन्धित विभिन्न मन्त्रालय तथा निकायमा रोकिएका विषयलाई तत्काल सम्बोधन गर्न आवश्यक समन्वय र निर्णय प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएको अध्यक्ष पाण्डेले बताए।

उनका अनुसार लामो समयदेखि बन्द रहेका तयारी पोसाक उद्योगलाई पुनः सञ्चालनमा ल्याई स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात विस्तार गर्ने सरकारको योजना रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले कपडा तथा पोसाक उद्योगको संस्थागत विकासका लागि टेक्स्टाइल काउन्सिल गठन गर्ने र यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको पनि संघले जनाएको छ।

त्यसैगरी, नेपाली तयारी पोशाकको अमेरिकी बजारमा निर्यातका क्रममा देखिएको प्रयोगशाला परीक्षणसम्बन्धी समस्यालाई समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न प्रधानमन्त्रीले निर्देशन दिएको अध्यक्ष पाण्डेले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर