बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । ६ जनामध्ये २ जनाको पोजेटिभ आएको छ ।
जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका १९ र २० बर्षीय पुरुष र तमानखोला गाउँपालिकाका दुई जना २७ बर्षीय पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताए । .
यस्तै सोहि दिन संक्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २१ बर्षीय दुई जना पुरुषको रिपोर्ट पुनः पोजेटिभ नै आएको अस्पतालका मेसु डा. पोखरेलले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । संक्रमितहरुको लगातार दुई पटक पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका मेसु डा। पोखरेलको भनाई छ ।
बागलुङका २९ जना कोरोना संक्रमित मध्य धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा १७ जना रहेका छन्भने धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा ९ जना र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसन कक्षमा १ जना रहेका छन् । दुई जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।






