मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन् । कांग्रेसभित्र शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन् ।

कांग्रेस स्रोतका अनुसार उनले साउन ३ गते नै सदस्यता अध्यावधिक गरेका थिए । उनको सक्रिय सदस्यता (एनसीआईडी) ७६३७४९१ रहेको छ । कांग्रेसले सक्रिय सदस्यता अध्यावधिकको समयसीमा पटक–पटक थप्दै गएपछि शाहले सोमबार प्रक्रिया पूरा गरेका हुन् ।

शाह विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउने नेतामध्ये एक थिए । अदालतको निर्णयपछि भने उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गरेको बताएका थिए ।

यसअघि गगन थापाको उपस्थितिमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहले पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका र योगदान’bout पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताएका थिए । उनले कांग्रेसभित्र सबै पक्षलाई सम्मानजनक स्थान दिँदै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए ।

कांग्रेसभित्र पार्टी विभाजनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री शाहले सक्रिय सदस्यता अध्यावधिक गरेकाले यसलाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर