काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।
यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
२१ जिल्लामा बाढीको जोखिम, सचेत रहन आग्रह
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग अवरुद्ध
रेसुङ्गा –१० का वडासदस्य प्रशासन कार्यालयमै कुटिए
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान






