बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो ।

प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् । उनीहरूमध्ये पाँच मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए । किरण थापामगर भने हाल काठमाडौं रहेकोले अनुपस्थित रहेको बताइएको छ ।

मुख्यमन्त्री इन्द्र बानियाँ चितवनबाट फर्किएपछि राजीनामा बुझाउने उनीहरूको तयारी छ । यहाँ कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार सङ्कटमा परेको छ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २० रुपैयाँमै भरपेट शाकाहारी भोजन