धनगढी । कैलालीको धनगढीमा न्यून आय भएका श्रमिक र असहाय नागरिकलाई लक्षित गर्दै २० रुपैयाँमै भरपेट शुद्ध शाकाहारी भोजन दिने सेवा डेढ वर्षदेखि निरन्तर सञ्चालनमा छ ।
धनगढी उपमहानगरपालिकाको बसपार्क गोलमार्केट क्षेत्रमा सञ्चालित यो सेवामूलक अभियान श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीको संरक्षकत्वमा र श्री ऋषिकेश पीठ धर्म संरक्षण सम्बर्द्धन समिति मार्फत चल्दै आएको हो ।
समितिका अनुसार हरेक दिन बिहान १०:३० देखि १२:३० बजेसम्म* र साँझ ५ देखि ७ बजेसम्म प्रसादका रूपमा शुद्ध शाकाहारी भोजन वितरण गरिन्छ ।
केवल २० रुपैयाँमा भरपेट खाना पाइने भएकाले दैनिक ज्यालादारी गर्ने मजदुर, रिक्साचालक, विद्यार्थी तथा आर्थिक रूपमा विपन्न नागरिकलाई ठूलो राहत पुगेको छ । धनगढीका होटलमा यस्तै खानाका लागि १०० देखि २०० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था भएकाले यो सेवा प्रभावकारी बनेको सेवाग्राहीको भनाइ छ ।
सेवाका लागि स्वयंसेवक बब्लुकुमार चौधरीका अनुसार आवश्यक खाद्यान्न व्यवस्थापनमा स्वामी राहुलेश्वरानन्द गिरीका दीक्षित शिष्यहरूले सहयोग गर्दै आएका छन् । यो सेवा कुनै विशेष वर्गका लागि नभई भोकाएका र आवश्यकतामा रहेका सबैका लागि खुला छ ।
हाल दैनिक करिब १५० जनाले यहाँ भोजन ग्रहण गरिरहेका छन्। समितिले धनगढीको पटेलामा पनि यस्तै पीठ स्थापना गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।
सेवालाई अझ प्रभावकारी र दीर्घकालीन बनाउन सहयोगी हातहरूको अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कनरी–फूलबारी चक्रपथमा २१० स्मार्ट सडक बत्ती जडान
बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते
सामाजिक विकास कार्यालय कैलालीको वार्षिक प्रगति समीक्षा सम्पन्न
सुदूरपश्चिममा दोस्रो पटक बजेट ‘होलिडे’, खर्च गर्ने कानुनी आधार सकियो
मृत्युको पासो बन्दै बझाङका ग्रामीण सडक
महाकालीमा पानीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह
धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै






