धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

धनगढी । धनगढी उपमहानगरपालिकाभित्रका भूमि प्रशासनसम्बन्धी सेवा अब धनगढी उपमहानगरपालिकाबाटै सञ्चालन हुने भएको छ।

नापी कार्यालय कैलालीले सोमबार सूचना जारी गर्दै धनगढी उपमहानगरपालिकाको पत्रअनुसार साउन ६ गते अर्थात् आज बुधबारदेखि यी सेवाहरू नगर कार्यपालिकाबाट उपलब्ध गराइने जनाएको हो ।

सूचनाअनुसार नापी कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्ने धनगढी उपमहानगरपालिकाका वडा नं. १ देखि १९ सम्मका लागि नक्सा प्रिन्ट, कित्ता काट, कित्ता एकीकरण, फिल्ड रेखाङ्कन तथा नक्सा अद्यावधिक लगायतका सेवा अब उपमहानगरपालिकाको कार्यालयबाटै पाइनेछ ।

नापी कार्यालयले सम्बन्धित सबै सेवाग्राही तथा सरोकारवालालाई आवश्यक कामका लागि साउन ६ गतेदेखि धनगढी उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस व्यवस्थासँगै स्थानीय तहबाटै सेवा प्रवाह हुने भएकाले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार