‘काँग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ : भीष्मराज आङ्देम्बे

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले काँग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् ।

काँग्रेस चितवनले ४४ औँ बिपी स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेसले अग्रज, समकालीन र जेन जेड पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, “अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका लागि लड्ने समय आएको छ ।”

बिपी विचारलाई सम्मान गर्दै बिपीका मार्गअनुसार अघि बढ्दै जनताको भावनाअनुसार काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । लोकतन्त्रको दीपलाई सबैले जोगाउनुपर्ने भन्दै उनले काँग्रेस हुनुको पहिचान गुमेको जस्तो पाटोबाट उठाएर काँग्रेसले पुर्नजीवन दिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली काँग्रेसका नेता डा केदारनरसिंह केसी, राष्ट्रियसभा सदस्य गीता देवकोटालगायतले बिपीको विचार अनुसरण गर्न पछि पर्दा काँग्रेसमा अहिलेको अवस्था आएको बताए । उनहरूले काँग्रेस बलियो बनाउन बिपीको मार्ग दर्शलाई अंगीकार गर्नुपर्ने बताए ।

सो अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनका सचिव डा. केशबराज चालिसेले बिपी कोइरालाको समग्र व्यक्तित्व र वामपन्थी बुद्धिजीवी रमाकान्त सापकोटाले बिपी कोइरालाको राजनीतिक व्यक्तित्वका ’boutमा आफ्ना विचार राख्नुभएको थियो ।

काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातन्त्र सेनानी संघले सहिद बुद्धिसिंह रानाको छोरी लक्ष्मी आलेलाई नगदसहित सम्मान गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब