घुसबापत लिएको ५ लाख रुपैयाँसहित कर अधिकृत युवराज पाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाललाई ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार, कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सो रकम घुस लिएको जनाइएको छ ।

अख्तियारले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ