नेदरल्याण्डबिरूद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । कुशल भुर्तेल र आसिफ शेखले ओपनर जोडीले नेदरल्यान्डका बलरहेको सामना गरिरहेका छन् । घरेलु टोलीले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।
 

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक श्रृंखलामा बिहीबार युट्रेच्ट शहरस्थित स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु भएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ८ विकेटको पराजय बेहोर्नु परेको थियो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । अंकतालिकाको शीर्ष पाँच भित्र अटाउने टोलीले सोझै अर्को वर्षको आइसिसी विश्वकप छनोट खेल्न पाउनेछ ।

सात खेल बाँकी रहेको अवस्थामा नेपाल २४ अंकसहित ‘पोइन्ट्स टेबल’को छैटौं स्थानमा छ भने घरेलु टाेली  नेदरल्यान्ड्स २८ खेलमा ३२ अंक जोड्दै चौथो स्थानमा छ । बढीमा दुई जितले नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान बनाउने छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा