काठमाडौं । भारत भ्रमण रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत गरिएको छ। भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार सर्वोच्च अदालतको इजलास नम्बर १ मा लगेका थिए। त्यही पाहुनाहरूको परिचय गराएका थिए।
नेपालका प्रधानन्यायाधीश शर्मासँगै बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश, ब्राजिल र केन्याका न्यायाधीशहरू भारत भ्रमणमा रहेका छन्।
भारतको सर्वोच्च अदालतमा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणिले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य(मान्यताको संगमस्थलको रूपमा वर्णन गरेका थिए। ‘भारत संस्कृति र मूल्य-मान्यताको संगम हो,’ उनले भने।
शुक्रबार साँझ अन्तरक्रिया समेत हुने उनले जानकारी दिए। त्यसमा भारतीय न्यायशास्त्र’bout थप जानकारी गराइने उनले बताए।
सम्बन्धित समाचार
संसदीय मर्यादा उल्लङ्घन भएको ठहर, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
हलिउड लोकप्रिय गायिका बोनी टायलरको निधन
एक वर्षदेखि रोकिएको स्टुडियो निर्माण अब अघि बढ्ने
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
‘१३ औँ ड्रेस टु इम्प्रेस’मा १५५ डिजाइनर उत्रिए
मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँः आङ्देम्बे






