काठमाडौं । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल सरकारका उपसचिव उनी ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं आउने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।
उनको साथबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेको जनाइएको छ । बरामद रकमको स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको स्रोतको भनाइ छ । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
सम्बन्धित समाचार
गणेश नेपालीको अवस्था गम्भीर र अस्थिर छ : वीर अस्पताल
रहेनन् आफ्नै शरीरमा आगो लगाएका गणेश नेपाली
उद्यमी अस्मिनकुमार राउतद्वारा आत्मदाहको प्रयास
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन
गणेश आत्मदाह प्रकरणः महानगरले गर्यो क्षतिपूर्ति र रोजगारीको ग्यारेन्टी
घरायसी विवादपछि बन्जिसाइड भिरबाट हाम फाले युवक, सशस्त्र प्रहरीद्वारा १३० मिटर तलबाट शव निकालियो
सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार
विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति






