रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर गाउमा खुकुरी प्रहारबाट गरेर एक महिलाको हत्या गरिएको छ । शुक्रवार विहान स्थानीय ४५ बर्षीय रेनुदेवी जयसवालको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका ३५ बर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार खुकुरी प्रहार गरी महिला जयसवालको मृत्यु भएको थियो ।

जयसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारीलाई उपेन्द्रलाई समातेर निर्घात कुटपिट गरेर प्रहरीको जिम्मा लगाएका थिए ।

गम्भीर घाइते भएका उपेन्द्रलाई उपचारका लागि चन्द्रनिगाहपु्रस्थित चन्द्रपुर अस्पताल प्रालिमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बसन्त गौतमले जानकारी दिएका छन ।

प्रनाउ गौतमका अनुसार गम्भीर घाइते उपेन्द्रको अवस्था निकै गम्भीर रहेको हुँदा वीरगञ्ज पठाइएको तथा घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरका प्रहरी निरीक्षक राजेशकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन