काठमाडौँ । तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले रश्मीको शव जलेको अवस्थामा भेटिएको बताए । ‘कारको पछाडिको सिटमा जलेको अवस्थामा शव भेटिएको छ’, भट्टराईले भने, ‘घटना’bout थप अनुसन्धान भइरहेको छ ।’उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
प्रहरी अनुसार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो। उनी शुक्रबार बिहान ७ बजेदेखि हराइएकी थिइन्।
तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
१० वर्षीया बालिका करणी अभियोगमा वृद्धा पक्राउ
सुकुना मावि छात्रा दुर्व्यवहार प्रकरण : चारै आरोपीमाथि पाँच दिन म्याद थप, अनुसन्धान थप तीव्र
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ
बेदिका केसी पक्राउ
खैरो हेरोइनसहित चार जना पक्राउ
गण्डकीवासीका खेतमा अब वैधानिक गाँजा






