बिरामीमा काेराेना संक्रमण देखिएपछि शिक्षण अस्पताल बन्द

बाँके । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

तस्बिरमा हेर्नुहोस्- झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर