काठमाडौं । एमाले केन्द्रीय समिति बैठक सुरु भएको छ । सोमबार १२ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठक गत फागुनको निर्वाचनपछि पहिलोपटक बसेको हो ।
एमालेले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने भएको छ। सोमबार च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको छ। जसमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय छन्। भट्टकाअनुसार २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहस आवश्यक छैन। प्रतिवेदनमा समावेश सुझावलाई अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।
विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा सहमति भइसकेकाले अहिले त्यसमा विवाद नरहेको पनि उनले बताए। केन्द्रीय कमिटीमा हुने छलफलपछि पार्टी पुनर्गठनसम्बन्धी थप रणनीति तय गरिने उनको भनाइ छ।
सम्बन्धित समाचार
‘सर्वजनिक बिदा दिएर सस्तो प्रचार नगर’
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैनः गगन थापा
सप्तरीमा सुत्केरीले स्वास्थ्य सेवा नपाएको घटनाप्रति महिला संगठनको गम्भीर आपत्ति
‘मधेश आन्दोलनको निर्मम समीक्षा गरौँ, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’
नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
घाउमा नुन छर्किएजस्तो प्रस्ताव स्वीकार्य छैन: प्रकाशशरण महत






