मोरङमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ

सुन्दरहरैचा(मोरङ) । मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनाविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान करिब १० बजे सुनवर्षी नगरपालिका–५ की एक बालिकालाई रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले विभिन्न प्रलोभनमा पारी रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साह समेत घटनामा संलग्न रहेको आरोप छ।

प्रहरीका अनुसार साउन ४ गते राति करिब ११ बजे पुनः ती बालिकालाई रंगेली नगरपालिका–७ स्थित द 90s क्याफेमा लगिएको थियो। त्यहाँ रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव ले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोप लागेको छ।

घटनापछि पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्र ले घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर अनुसन्धान भइरहेको बताए। उनका अनुसार पक्राउ परेका पाँचै जनामाथि आवश्यक प्रमाण संकलन, पीडितको स्वास्थ्य परीक्षण तथा अन्य कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अगाडि बढाइएको छ।

डीएसपी मिश्रले यस्ता घटनामा पीडितको गोपनीयताको सम्मान गर्न तथा पुष्टि नभएका विवरण सामाजिक सञ्जालमा प्रसारण नगर्न सबैसँग आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

ओपनएआईले रोक्यो एआई मोडलको विकास, निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको सार्वजनिक