सुदूरपश्चिममा पहिलोपटक तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक तीन जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । संक्रमित हुने सुरक्षाकर्मीमा दुई जना महिला र एक जना पुरुष रहेका छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु कञ्चनपुर जिल्लामा कार्यरत रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुईजना महिला र एक जना पुरुष गरी तीन जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

संक्रमित सुरक्षाकर्मी मध्ये दुई जना कञ्चनपुरको नेपाल–भारत सीमानाका अन्तरगत गड्डाचौकीमा भारतबाट आउनेहरुको समन्वयका लागि खटिएको र एक जना क्वारेन्टाइन सुरक्षार्थ खटिएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेडीले बताए । संक्रमित सुरक्षाकर्मीको महेन्द्रनगरस्थित महाकाली अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु