धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित खोल्सामा रहेको जामुनको रुखमा झुन्डिएको अवस्थामा ३१ वर्षीय प्रहरी जवान राजेन्द्र सामन्त बुधबार बिहान करिब साढे ११ बजे फेला परेका हुन् ।
महाकाली नगरपालिका–९, दार्चुलाका स्थायी बासिन्दा सामन्तको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरिएको छ । पारिवारिक कारणले उक्त घटना भएको हुन सक्ने अनुमान गरिएको छ । साथै, उनले पछिल्लो समय दोस्रो विवाह गरेको जानकारी पनि खुलेको छ ।
सामन्त सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा एक प्रहरी निरीक्षकका सहयोगीका रूपमा कार्यरत थिए । घटना’bout जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
बजेट शून्यताबीच सुदूरपश्चिममा राजस्व संकलन जारी
डडेल्धुराको खसरेमा जीप दुर्घटनाः २ को मृत्यु, तीन जना घाइते
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
डा. केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह
५ सय रुपैयाँभन्दा बढीका सामानमा कर लागेपछि बनगाउँ जाने नेपाली घटे
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउन ३–४ दिनसम्म कुर्नुपर्ने






