काठमाडौं । सशस्त्र प्रहरी बलले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा विशेष अनुरोध गरेको छ ।
पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिको सन्दर्भमा समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरी बल, नेपाल परिचालित भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीका नाममा शुक्रबार अपिल जारी गर्दै सशस्त्र प्रहरीले सो विशेष अनुरोध गरेको हो ।
हुलहुज्जत, हिंसा र दंगाले समस्या समाधान गर्नुको साटो हामी आफैलाई क्षति पु¥याउने र हिंसा, तोडफोड र आगजनी जस्ता कार्यहरुले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकता कमजोर हुन जाने भन्दै अपिलमा भनिएको छ, ‘समाजमा कहिलेकाहीँ देखिने असमझदारी र मतभेदहरूको समाधान गर्ने जिम्मेवारी पनि अन्ततः हामी सबैको साझा दायित्व हो । हुलहुज्जत, हिंसा र दंगाले समस्या समाधान गर्नुको साटो हामी आफैलाई क्षति पु¥याउँछ । हिंसा, तोडफोड र आगजनी जस्ता कार्यहरुले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकता कमजोर हुन जान्छ । एक अर्काको दुःखमा साथ दिने र अप्ठ्यारोमा सहयोग गर्ने मानवीय भावना नै नेपाली समाजको मौलिक पहिचान हो । त्यसैले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्व दिँदै आपसी संवाद, समझदारी, सद्भाव र सहिष्णुताको माध्यमबाट जटिल समस्याहरू समेत आफै समाधान गर्दै आइरहेको पनि सशस्त्र प्रहरीले स्मरण गराएको छ ।
अपिलमा भनिएको छ, ‘घटनाका सम्बन्धमा निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको छ । अहिले हामीले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय हो । कुनै धर्म, समुदाय वा समूहप्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने कार्यले समस्यालाई झन् जटिल बनाई समाजलाई अपूरणीय क्षति पु¥याउँछ । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति कायम राखी एक अर्काको सम्मान गर्दै कुनै पनि भ्रामक अभिव्यक्ति नदिन र प्रचार–प्रसारण नगर्न समेत सशस्त्र प्रहरी बल, नेपाल हार्दिक अपिल गर्दछ ।’
सम्बन्धित समाचार
१० वर्षीया बालिका करणी अभियोगमा वृद्धा पक्राउ
सुकुना मावि छात्रा दुर्व्यवहार प्रकरण : चारै आरोपीमाथि पाँच दिन म्याद थप, अनुसन्धान थप तीव्र
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ
बेदिका केसी पक्राउ
तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ






