काठमाडौं । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) शुक्रवार दोस्रो दिन पनि कायमै राखेको छ ।
शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन, सम्भावित अप्रिय घटना नियन्त्रण गर्न तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले प्रशासनले बिहीवार अपराह्न ३:३० बजेदेखि निषेधाज्ञा लागू गरेको थियो ।
उक्त आदेशलाई शुक्रवार पनि निरन्तरता दिइएकाले सम्बन्धित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा ठप्प रहेको छ । प्रशासनद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, समूहमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन वा सभा–सम्मेलन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा धनुषाको लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एमक्यू स्टिल क्षेत्रदेखि हुलाकी सडक तथा राष्ट्रिय प्राथमिक विद्यालय आसपासका क्षेत्रहरू रहेका छन् ।
त्यसैगरी, नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा सिनुरजोडा, सोहनी, मनिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुरधाम, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रमा समेत कर्फ्यु आदेश प्रभावकारी रहेको प्रशासनले जनाएको छ ।
सम्बन्धित समाचार
उच्च अदालतद्वारा एक बर्षमा ४ हजारभन्दा बढी मुद्दा फछ्र्योट
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
कृषि मन्त्रीको असक्षमताले रासायनिक मलको हाहाकार : प्रभु साह
सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह
राजविराजमा रात्रीकालिन हवाइ उडान अनिश्चित
पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह (विज्ञप्तिसहित)






