आयोजनाद्वारा जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण

संखुवासभा । संखुवासभामा २ सय २० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ । नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २ सय २० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्र्यालय संखुवासभालाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो ।

प्रसारण लाइन तथा टावर निर्माणका लागि प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २ सय २० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत खरिद गरिएको २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालय सङ्खुवासभाका सूचना अधिकारी अधिकारी डम्बर भण्डारीले बताउनुभयो । आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको २८.८४ हेक्टर जग्गा प्रयोग गरेको थियो ।

प्रसारण लाइन आयोजनाले पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ताको २८. ८४ हेक्टर जग्गा खरिद गरेर हस्तान्तरण गरेको सूचना अधिकारी भण्डारीले बताउनुभयो । आयोजनाले ७१ वटा कित्ताको जग्गा रजिष्ट्रेशन पास गरेर डिभिजन वन कार्यालयलाई केही दिन अघि हस्तान्तरण गरेको हो ।

त्यस्तैगरी मकालु गाउँपालिका—५ मा निर्माण हुन लागेको २४ दशमलव ९२ मेगावट क्षमताको इन्दुवाखोला जलविद्युत आयोजनाले रुख कटान बापत दुई करोड ५२ लाख २५ रुपैयाँ राजश्व तिरेको छ । मकालु —५ मा निर्माण हुन लागेको २४ दशमलव ९२ मेगावट क्षमताको इन्दुवाखोला जलविद्युत आयोजनाले स्याहार, संभार र व्यवस्थापनका लागि दुई करोड बढी राजश्व तिरेको हो ।

इन्दुवाखोला जलविद्युत आयोजनाले पुनरुत्पादनको पाँच बर्षसम्म स्याहार, संभार र व्यवस्थापनका लागि दुई करोड ५२ लाख २५ हजार ४ सय ८४ रुपैयाँ राजश्व तिरेको वन कार्यालयका सूचना अधिकारी भण्डारीले बताउनुभयो । उक्त आयोजनामा ६ सय ७ वटा रुख कटान हुनेछन् । जिल्लामा सामुदायिक वनको सङ्ख्या २ सय ९० रहेका छन् । सङ्खुवासभामा ३८ हजार ४ सय ८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

मध्यपूर्व तनावले युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि