लकडाउनमा पुस्तकसँग वर्षाको मितेरी

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला दलाई लामाको जीवनीसम्बन्धी पुस्तक पढिरहेकी छन् । नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा अभिनेत्री वर्षालाई मनपर्ने पात्र पनि हुन् । लामाको जीवनी पढ्दा आफूले जीवन जिउने धेरै कला सिक्ने अवसर पाएको अभिनेत्री वर्षाको भनाइ छ । दलाई लामासम्बन्धी पुस्तक ‘द आर्ट अफ ह्याप्पिनेस’ पढिरहेकी यी अभिनेत्रीले यो पुस्तकबाट जीवनको महŒव’bout अझ धेरै ज्ञान पाएको अनुभव सुनाएकी छन् ।

वर्षाको भनाइमा उनलाई फिक्सन र बायोग्राफी जनराका पुस्तक मन पर्छन् । त्यसैले, लकडाउनको समय उनले पुस्तकमा आफ्नो समय दिएकी छन् । उनी अचेल हरेक दिन पुस्तक र फिल्मलाई समय दिन्छिन् । दिनमा एक÷दुईवटा सिनेमा हेर्ने र बाँकी समय पुस्तक पढ्ने उनको दिनचर्या भएको छ । यस अवधिमा आफूले थुप्रै स्वदेशी र विदेशी लेखकको पुस्तकहरू पढेको पनि उनले बताएकी छन् ।

‘मलाई पुस्तक पढ्न साह्रै मनपर्छ तर फिल्मको व्यस्तता र कोर्सको किताब पढ्नुपर्ने बाध्यताका कारण विगतमा साहित्यिक पुस्तकमा समय दिन सकेको थिइन् । तर, यसपटक आजसम्म ७७ दिनको लकडाउनमा पूरा समय पुस्तक र सिनेमालाई दिएको छु,’ यी अभिनेत्रीले भनिन्, ‘पढ्छु भनेर किनेर -याकमा राखेका दर्जन पुस्तक विगतमा पढ्न भ्याएकी थिइन् । यो लकडाउनमा ती सबै पुस्तक पढें र अन्य केही नयाँ किताब पनि किनेर पढ्न पाएको छु ।’

आफूसँगै चलचित्र पशुपतिप्रसादमा नायकको रूपमा काम गरेका अभिनेता खगेन्द्र लामिछानेको कथासंग्रह ‘फुलानी’लाई अभिनेत्री वर्षाले केही समयअघि किनेर राखेकी थिइन् । त्यो पुस्तक यसपटक लडकडाउनमा राम्ररी पढ्न पाएको यी अभिनेत्रीले बताइन् । संग्रहमा एकसे एक कथा रहेको र कथाहरू आफूलाई साह्रै मन परेको पनि यी अभिनेत्रीले राजधानीलाई बताइन् । यो बसाइमा आफूले पढेको अर्को पुस्तक बुद्धिसागरको फिरफिरे उपन्यास भएको पनि यी अभिनेत्रीले जानकारी गराइन् । एउटा युवाको कथामा आधारित यो उपन्यास पढ्दा आफूलाई फिल्म नै हेरिरहेको छु जस्तो महसुस भएको पनि उनले बताएकी छन् ।

यसपटकको घर बसाइमा अभिनेत्री वर्षा शिवाकोटीले पढेको अर्को उपन्यस सेतो धरती र करोडौं कस्तुरी हो । आफूले उपन्यास सेतो धरती धेरै अघि किनेको भए पनि पढ्ने फुर्सद अहिले मात्र मिलेको उनले बताइन् । एक नारीको संघर्षमा आधारित यो पुस्तकले पनि आफ्नो मन छोएको यी अभिनेत्रीले बताएकी छन् ।

त्यसो त राजन मुकारुङको मदन पुरस्कार विजेता पुस्तक दमिनी भीर पनि उनले धेरै अघि पढ्ने योजना बनाएकी थिइन् । पुस्तकलाई धेरै अघि किनेको भए पनि पढ्न फुर्सद आफूलाई लकडाउनले जुराएको पनि वर्षाले बताइन् । पूर्वी पहाडी जिल्लाको जनजीवनमा त्यहाँका मानिसहरुको संघर्षको कथा समेटिएको यो पुस्तक पनि अभिनेत्री शिवाकोटीलाई मन प¥यो । यस्तै, स्रष्टा पारिजातको उपन्यास शिरीषको फूललाई पनि यसपटक उनले अझ राम्रारी पढ्न र बुझ्न पाइन् ।

लकडाउनमा नेपालीसँगै आफूले केही विदेशी पुस्तकहरू पनि पढेको अभिनेत्री वर्षाले बताएकी छन् । यो अवधिमा आफूले पावलो कोइलोको दुईवटा उपन्यास द अलकेमिस्ट र ब्रिडा पढ्ने अवसर पाएको यी अभिनेत्रीको कथन छ । यी पुस्तक पनि उनले लकडाउनको फुर्सदमा पढेकी छन् । यस्ता फिक्सन पुस्तकसँगै आफूले संसारका केही चर्चित व्यक्तिहरूको बायोग्राफी पनि यो अवधिमा पढेको यी अभिनेत्रीले बताएकी छन् । सधंै चलचित्र तथा म्युजिक भिडियोको छायांकन र त्यसको तयारीमा व्यस्त हुने गरे पनि यसपट लकडाउनले आफूलाई पुस्तकसँग फेरि मितेरी गाँस्न पुर्सद दिएको पनि उनले बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम