धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा शोक बिदा गर्ने निर्णय गरेको हो ।
धनकुटाको हुलाकटोलस्थित तुलसीमेहर स्कुलमा कार्यरत कार्यालय सहयोगी वीरबहादुर राईको गएराति निधन भएपछि शोकमा बिद्यालयहरु बिदा गर्ने निर्णय भएको प्यावसनका वरिष्ठ उपाध्यक्ष दुर्गा लुइटेलले जानकारी दिए । अचानक बिरामी परेका राईलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु-याइएको थियो ।
गएराती करिव २ बजे उनको मृत्यु भएको बताइएको छ । नीजि बिद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीको निधन हुँदा प्यावसनले शोक बिदा गर्ने गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)