भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौँ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ ।

नेपाल र भियतनामबीचको कुटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो। भियतनामको वैदेशिक सेवामा पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको उक्त सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गरेकी छन् ।

नेपालमा रहेका भियतनामी नागरिक तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको द्विपक्षीय सहयोग अभिवृद्धिमा सेतुको रूपमा काम गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठको योगदानको प्रशंसा गरेको छ ।

सम्मान ग्रहण गर्दै अवैतनिक महावाणिज्यदूत श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भियतनाम दूतावासप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ