पेसागत क्षेत्रको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् । दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम गरेको अनुभवलाई आधार बनाउँदै अधिकारीले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पेशागत क्षेत्रबाट प्रतिनिधित्वको आकांक्षा व्यक्त गरेका हुन् । १४ औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका अधिकारी यसपटक पनि उम्मेदवारको दाबी गर्दै अघि बढेका छन् ।

अधिकारी १४ औँ महाधिवेशनमा झिनो मतान्तरले पराजित भएका थिए । अघिल्लो महाधिवेशनको अनुभव र त्यसबेला प्राप्त मतलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण आधारका रूपमा लिएका उनले यसपटक पनि पेशागत क्षेत्रबाट प्रतिनिधित्वको दाबी गरेका हुन् ।

नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्षसमेत रहेका अधिकारी पत्रकारिता क्षेत्रबाट नेपाली कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका छन् । पत्रकारितामा लामो समय बिताएका उनले सञ्चार क्षेत्रका समस्या, पत्रकारका पेसागत सवाल तथा आमनागरिकका मुद्दालाई नजिकबाट बुझ्ने अवसर पाएका छन् ।

पत्रकारिता क्षेत्रमा रहेर समाजका विभिन्न वर्ग र समुदायका आवाजलाई सार्वजनिक बहसमा ल्याउँदै आएका अधिकारीले महाधिवेशन प्रतिनिधिका रूपमा पनि पेशागत क्षेत्रको अनुभवलाई पार्टीको नीतिगत छलफलमा जोड्न सक्ने आधार प्रस्तुत गरेका छन् । अधिकारीले दुई दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा बिताएका छन् । यस अवधिमा उनले समाजका विभिन्न विषय, नागरिकका समस्या र सार्वजनिक सरोकारका मुद्दालाई समाचारका माध्यमबाट उठाउँदै आएका छन् ।

पत्रकारिताको मूल मर्मअनुसार समाजका भुइँमान्छेका कथा, उनीहरूले भोगिरहेका समस्या र राज्यका निकायसम्म पुग्न नसकेका आवाजलाई सार्वजनिक बहसमा ल्याउने काममा आफू संलग्न रहेको उनको पेसागत पृष्ठभूमि छ । पत्रकारितामा लामो समय बिताएका अधिकारीले सञ्चार क्षेत्रका चुनौती, पत्रकारको पेसागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकजस्ता विषयलाई नजिकबाट अनुभव गरेका छन् । पत्रकारिता क्षेत्रको यही अनुभवलाई उनले पार्टीको महाधिवेशनमा पेशागत प्रतिनिधित्वको आधार बनाएका छन् ।

पेसागत कोटाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा पार्टी नेतृत्वले सम्बन्धित क्षेत्रमा गरेको योगदान, अनुभव र सक्रियतालाई प्राथमिकता दिनुपर्ने अधिकारीको धारणा छ । पत्रकारिता क्षेत्रबाट पार्टी र समाजमा योगदान पुर्‍याउँदै आएका व्यक्तिको अनुभवलाई महाधिवेशनमा प्रतिनिधित्व गराउनु आवश्यक रहेको उनको भनाइ छ । खासगरी प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था हो ।

विज्ञापन बोर्डको सदस्यसम्मको जिम्मेवारी
पत्रकारितासँगै विज्ञापन क्षेत्रको नीतिगत तथा संस्थागत जिम्मेवारीमा समेत अधिकारीले काम गरिसकेका छन् । उनी नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा नियुक्त भएका थिए । विज्ञापन बोर्डको सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नु उनको पेसागत यात्राको अर्को महत्त्वपूर्ण पक्ष हो । सञ्चारमाध्यम, विज्ञापन बजार र सार्वजनिक सञ्चार नीतिसँग सम्बन्धित विषयमा काम गर्ने अवसर पाएका अधिकारीले यस क्षेत्रको अनुभवसमेत बटुलेका छन् ।

त्यसअघि उनी नेपाल विज्ञापन संघ कोशी प्रदेशका अध्यक्षसमेत भइसकेका छन् । पत्रकारिता र विज्ञापन क्षेत्र दुवैमा काम गरेको अनुभवका कारण सञ्चार क्षेत्रका विभिन्न पक्षसँग उनको व्यावसायिक सम्बन्ध रहँदै आएको छ । पत्रकारिता, सञ्चार क्षेत्रको संगठनात्मक नेतृत्व र विज्ञापन क्षेत्रको संस्थागत जिम्मेवारीमा प्राप्त अनुभवलाई अधिकारीले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

अधिकारीको दाबीलाई पार्टीको स्थानीय नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषय भने महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियासँग जोडिएको छ । पेसागत क्षेत्रबाट पार्टीमा योगदान पुर्‍याएका अधिकारीको दाबीले सुनसरी क्षेत्र नं। २ मा महाधिवेशन प्रतिनिधि चयनको बहसलाई थप चासोपूर्ण बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द