सङ्खुवासभा । स्वास्थ्यमा समस्या देखिएपछि खाँदबारीबाट सुत्केरी महिला र नवजात शिशुलाई हेलिकप्टरमार्फत् उद्दार गरिएको छ । जिल्ला अस्पताल भर्ना भएकी सुत्केरी खाँदबारी नगरपालिका–७ की ३३ बर्षीया प्रभा ढुङ्गाना र उनको नवजात शिशुलाई जटिल स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए ।
जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरेकी ढुङ्गानालाई अत्याधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र नवजात शिशुलाई श्वास प्रश्वासमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरेर थापाथली प्रसुति गृह काठमाडौँ पठाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाकी पब्लिक हेल्थ नर्स रचना भट्टराईका अनुसार आइतबार बिहान ११ बजे जिल्ला अस्पतालमा शल्यक्रिया गरेकी सुत्केरी ढुङ्गानालाई रक्तश्राव नरोकिएको तथा जटिल अवस्थाका नवजात शिशुलाई थप उपचारका लागि थापाथली प्रसुतिगृह काठमाडौँ रेफर गरिएको हो ।
सरकारले दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाई उद्दार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । जिल्लामा आर्थिक बर्ष २०८२÷०८३ मा ६ जना सुत्केरी तथा गर्भवती महिलाको उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाकी पब्लिक हेल्थ नर्स भट्टराईले बताइन ।
जिल्लामा २०७७ सालदेखि लागू राष्ट्रपति महिला उत्थान हवाई उद्दार कार्यक्रमबाट ४७ जना बढी सुत्केरी र गर्भवतीको हवाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको छ ।
सम्बन्धित समाचार
मायाघरको नाममा उठेको सहयोग रकम बुझाउन राधिका दासीलाई आग्रह
झापाको अर्जुनधारामा १८ परिवार बने जग्गाधनी
हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टेमा ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्रीमा
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडानका लागि ठेक्का आह्वान
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
२६ दिनदेखि एम्बुलेन्स रोकिए, बिरामी सुरक्षाकर्मीको काँधमा






