काठमाडौं । छिमेकी देश भारतको बिहार, मध्य प्रदेश र गुजरात राज्यका तीनवटा विधानसभा सिटमा भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी चासोको केन्द्र बनेको बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित निकाल्न सफल भएको छ ।
यसका साथै, मध्य प्रदेशको दतियामा कांग्रेस र गुजरातको मन्जलपुरमा भारतीय जनता पार्टी (भाजपा) ले जित हात पारेका छन्।
प्रशान्त किशोरले भत्काए भाजपाको गढ
चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले आफ्नो चुनावी परीक्षामै ठूलो सफलता हात पारेका छन् । उनले बिहारको बाँकीपुर विधानसभा सिटमा भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार २४६ भोटको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
किशोरले कुल ६३ हजार ९४६ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ४४ हजार ७०० भोट मात्रै पाए । बान्कीपुर सिटलाई भाजपाको बलियो गढ मानिँदै आइएको थियो। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन यही सिटबाट लगातार ५ पटक विधायक बनेका थिए ।
उनी राज्यसभामा निर्वाचित भएपछि यो सिट खाली भएको थियो। जितपछि प्रतिक्रिया दिँदै प्रशान्त किशोरले भने, ‘म विधायक बन्दैमा बाँकीपुर रातारात बेङ्गलोर त बन्दैन, तर तपाईंहरूले आगामी दुई–तीन महिनामै यहाँ केही सुधार पक्कै देख्नुहुनेछ ।’
उनले थपे, ‘बाँकीपुरका जनताले भाजपा नेतृत्वलाई स्पष्ट सन्देश दिएका छन्, कृपया बिहारका लागि एक जना राम्रो व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नुहोस् । बिहारीहरू केवल मजदुर बन्नका लागि जन्मिएका होइनन् ।’
सम्बन्धित समाचार
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त
भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजार बढी विस्थापित
५ सय रुपैयाँभन्दा बढीका सामानमा कर लागेपछि बनगाउँ जाने नेपाली घटे
ऋणको भाका, पीडित आँखा
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय, तर जाने छैनन् तत्काल जेल
लाजिम्पाटको बलिउड डान्स क्लबमा ठगिन्छन् भारतीय नागरिक, जबर्जस्ती बढी बिल बनाएर ठगी
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?






